Rashtriya Dainik

रसुवाका बाढीपीडितलाई सखुवा प्रसौनी गाउँपालिकाको ५ लाख सहयोग

राज कुमार बानियाँ/पर्सा, ११ भदौ।

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि गाउँपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो।
रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गर्न लागिएको अध्यक्ष यादवले बताउनुभएको छ।
प्राकृतिक विपत्तिको कठिन अवस्थामा रसुवाका बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिकाले सहयोगको हात अघि बढाएको उहाँको भनाइ छ। उहाँले प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रहसमेत गर्नुभएको छ।
गाउँपालिकाले उपलब्ध गराउने ५ लाख रुपैयाँबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री तथा अन्य मानवीय सहयोगमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।
अध्यक्ष यादवले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आह्वान गर्नुभएको छ।
रसुवामा बाढीपछि उद्धार, खोजी तथा राहत वितरणको कार्य जारी रहेका बेला सखुवा प्रसौनी गाउँपालिकाले गरेको आर्थिक सहयोगको घोषणालाई विपद्को समयमा स्थानीय तहबाट गरिएको मानवीय सहयोगका रूपमा लिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित