आरपि उपाध्याय / नवलपरासी, ११ भदौ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समिक्षा गोष्ठी बुधबार पालिकाको हलमा प्रारम्भ भएको छ।
“हामी सबैको सार्थक प्रयास,प्रतापपुरको समग्र विकास” भन्ने मुल नारालाई सार्थक बनाउन पालिका स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले प्रतापपुर गाउँपालिका स्वास्थ्यको क्षेत्रमा भरपर्दो र विश्वसनीय रुपमा नागरिक केन्द्रित कार्यक्रमलाई सबैभन्दा बढी महत्वका साथ अगाडि बढाइएको बताउनु भयो।
कार्यक्रममा प्रतापपुर ६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीले प्रतापपुरमा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको पछाडि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकहरुको सराहनीय भूमिका रहेको जिकिर गर्नुभएको थियो।
वार्षिक समिक्षा कार्यक्रममा प्रतापपुर गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख मन्तोष मुराउले कार्यक्रमको लक्ष्य,उद्देश्य सहित प्रतापपुर स्वास्थ्य शाखाको गतिविधि सहितको प्रगति विवरण प्रस्तुत गर्नुभयो।
सो अवसरमा प्रतापपुर ६ स्वास्थ्य केन्द्र प्रमुख मनोज गिरी,वडा न.३ का स्वास्थ्य केन्द्र प्रमुख राजेश शर्मा,वडा न.१ का स्वास्थ्य केन्द्र प्रमुख विरेन्द्र चौधरी,वडा न.९ स्वास्थ्य केन्द्रका प्रमुख संजय शर्माले कार्यक्रमको लक्ष्य,उद्देश्य र कार्य प्रगति बारे जानकारी गराउनु भयो।

कार्यक्रममा वडा न.३ का वडा अध्यक्ष ऋषिदेव पटेल,वडा न.९ का वडा अध्यक्ष जयकिसुन चौधरी,वडा न. १ का वडा अध्यक्ष महेन्द्र बहादुर चौधरी लगायत स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको पनि कार्यक्रममा उपस्थिति रहेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

