Rashtriya Dainik

विनयी त्रिवेणीमा १५०१औँ मोहम्मद जयन्ती मनाइयो

आरपि उपाध्याय / नवलपरासी ,१० भदौ

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा ईस्लाम धर्माका प्रवर्तक मोहम्मद जयन्ती एक कार्यक्रमका बीच बुधबार मनाइएको छ।
ईस्लामिया जामा मस्जिद संरक्षण संस्था विनयी त्रिवेणी ७ बनकट्टीको आयोजनामा १५०१ औं मोहम्मद पैगम्बरको जयन्ती मनाइएको हो।
ईस्लामो पात्रो हिजरी सम्बतको रबि अब्बल महिनामा साउदी अरबको मक्कामा बिबि अमिनाको कोखबाट मोहम्मदको जन्म भएको मानिन्छ। उहाँको ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा निधन भएको थियो।
ईस्लामिया जामा मस्जिद संरक्षण संस्था विनयी त्रिवेणी ७ का अध्यक्ष मुनिर अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक अहमद मियाले आजको पवित्र दिनमा सबैमा शुभकामना व्यक्त गर्दै मोहम्मद पैगम्बर साहेबको शिक्षा र सन्देश वर्तमान समयमा पनि निकै सान्दर्भिक रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा मौलाना अख्तरले ईस्लाम धर्म सम्बन्धि गतिविधि बारे जानकारी गराउनु भएको थियो ।
ईस्लाम धर्मावलम्बीहरुको एक रेलीले गाउँ परिक्रमा गर्दै धार्मिक भेला सहित नमाज पाठ गर्दै शुभकामना साटासाट गरेको संस्थाका कोषाध्यक्ष जमालुद्दीन अन्सारीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित