दिनेश धामी। बझाङ्ग। बझाङ्गको बित्थडचिर गाउपालिकाको देवेश्वरी मा विमा ३९० घण्टे निशुल्क बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको छ।
देशमा भएको बेरोजगारीलाइ मध्यनजर गर्दै भावीपुस्ताका मान्छेहरुले बेरोजगारी भोग्न नपरोस भन्ने हेतुका साथ देवेश्वरी मा विका बिद्यार्थीहरुलाइ ६५ दिने तालिम सञ्चालन गरिएको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदुरपश्चिमको कार्यालय धनगढी कैलालीद्वारा सञ्चालित उक्त तालिम गाउपालिकाको देवेश्वरी मा विमा बिधालय व्यवस्थापन समिती अध्यक्ष गणेश बोहराको अध्यक्षतामा सञ्चालन भएको थियो भने तालिमको उदघाटन बित्थडचिर गाउपालिका अध्यक्ष तथा उक्त कार्यक्रम प्रमुख अतिथी प्रेम बोहाराले गरेका थिए।

भावी पुस्ताले कसरी कृषि पेसालाइ अगाल्न सक्छ्न ; जुनसुकै मौसम पनि कसरी तरकारी खेती गर्न सक्छन भन्ने बिषयलाइ मध्यनजर गर्दै ३९० घण्टे बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको र उक्त तालिममा कृषिका बिधार्थी र अन्य संकायका बिद्यार्थी गरि २० जनालाइ तालिममा सहभागी गरिएको नेपाल शिक्षक सङ्घ बझाङ्ग बित्थडचिरका सचिव सम्बोध मल्लले बताउनु भयो ।
गाउपालिकाको देवेश्वरी मा विमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्तर्गत कृषि जेटिए पनि पढाइ हुने गर्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

