Rashtriya Dainik

माउजर पेस्तोल खेलाउँदा पड्कियो, देवदहमा २२ वर्षीय युवक घाइते

रुपन्देही ,१८ असाेज। रुपन्देहीको देवदह नगरपालिका–५, मितेरी गाउँमा माउजर पेस्तोल खेलाउने क्रममा अचानक पड्किँदा २२ वर्षीय युवक घाइते भएका छन्।

स्थानीय दुर्गा प्रसाद खरेलले पेस्तोल खेलाउने क्रममा अचानक गोली चलेपछि रायन खत्री क्षेत्री घाइते भएको प्रहरीले जनाएको छ। पेस्तोल पड्किँदा खत्रीको दाहिने गालामा चोट लागेको छ।

घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले पेस्तोल खेलाउने खरेलसहित कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट म्यागजिनसहितको माउजर पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पेस्तोल कहाँबाट आयो, कसको स्वामित्वमा थियो र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित