Rashtriya Dainik

पर्सामा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १९८ वटा चल्ला बरामद

राजन कुमार बानिया
पर्सा १८ असोज
पर्साको पकहा मैनपुर गाउँपालिका–३ स्थित सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको १९८ गोटा गिरिराज जातका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट पकहा मैनपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक पुष्प भण्डारीको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले दुई वटा साइकलमा ल्याउँदै गरेको अवस्थामा चल्ला बरामद गरेको हो।
बरामद चल्लाको अनुमानित मूल्य रु. १९ हजार ८ सय बराबर रहेको जनाइएको छ।
बरामद चल्लालाई स्थानीय जनप्रतिनिधि, पोल्ट्री व्यवसायी फर्मका प्रतिनिधि, पत्रकार, भन्सार कार्यालय तथा नेपाल प्रहरीको रोहवरमा खाल्डो खनी नष्ट गरिएको मुचुल्कामा उल्लेख छ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध रूपमा हुने आयात–निर्यात नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई निरन्तरता दिइरहेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित