काठमाडौं,१८ असाेज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारी पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
पार्टीको केन्द्रीय राजनीतिमा लामो समयदेखि सक्रिय कँडेलले यसपटक पदाधिकारीमा जाने तयारी गरेसँगै कांग्रेसभित्र उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। कँडेल कुन पदमा उम्मेदवार बन्ने भन्ने विषयमा भने अन्तिम निर्णय भइसकेको छैन।
कँडेलको निजी सचिवालयका अनुसार पदाधिकारीका विभिन्न विकल्पमा छलफल भइरहेको छ। छलफलपछि पदाधिकारीमध्ये एक पदमा उम्मेदवारी दिने तयारी रहेको सचिवालयले जनाएको छ।
कँडेलका स्वकीय सचिव कमल किशोर रायमाझीका अनुसार भोलि बिहान ११ बजे उम्मेदवारी दिने पद औपचारिक रूपमा फाइनल हुनेछ।
कँडेल यसअघि नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली भूमिकामा रहँदै आएका नेता हुन्। उनी पूर्वगृहराज्यमन्त्रीसमेत भइसकेका छन्। पछिल्लो समय पार्टीको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनको सक्रियता थप बढेको देखिएको छ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै उनले आफ्नो राजनीतिक आधारलाई पुनः बलियो बनाएको सन्देश दिएका छन्। त्यसलगत्तै पदाधिकारीमा उम्मेदवारीको तयारीले कँडेलको अबको राजनीतिक यात्रालाई थप महत्वपूर्ण बनाएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला कँडेलले कुन पद रोज्छन् र उनको उम्मेदवारीले पार्टीभित्रको शक्ति–समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
कँडेलको उम्मेदवारीको औपचारिक घोषणा र पदको टुंगो भने भोलि बिहान ११ बजेपछि स्पष्ट हुनेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

