बिनोद निगम / नवलपरासी ,३ भदौ
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सञ्चालनमा रहेको अर्थोपेडिक स्पेसियालिटी क्लिनिकले अर्थोपेडिक तथा स्पाइनसम्बन्धी विशेषज्ञ सेवा विस्तार गरेको छ। क्लिनिकले सोमबार पत्रकार सम्मेलन गर्दै हाडजोर्नी, स्पाइन, हात–खुट्टा तथा विभिन्न हड्डीसम्बन्धी समस्याको विशेषज्ञ उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको जानकारी दिएको हो।
क्लिनिकमा बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार हाडजोर्नी तथा स्पाइनसम्बन्धी समस्याको परीक्षण, उपचार, औषधि, शल्यक्रिया र फलोअप सेवा उपलब्ध रहेको जनाइएको छ। साथै क्यान्सरसँग सम्बन्धित शल्यक्रिया तथा उपचार सेवासमेत प्रदान गरिने क्लिनिकले जनाएको छ।
क्लिनिकमा अर्थोपेडिक स्पेसियालिस्ट तथा क्यान्सरसम्बन्धी शल्यक्रिया गर्ने सर्जन डा. विजय कुमार गुप्ताले विशेषज्ञ सेवा दिँदै आएका छन्। उनले एमबीबीएस तथा एमएस अध्ययन पूरा गरेपछि क्यान्सर अस्पतालमा फेलोसिप गरी क्यान्सरसम्बन्धी उपचार तथा शल्यक्रियामा थप अनुभव हासिल गरेको क्लिनिकले जनाएको छ।
उपचारका लागि भारतको महाराजगन्ज, गोरखपुर, लखनऊ र दिल्लीलगायतका शहरमा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले परासीमै विशेषज्ञ सेवा विस्तार गरिएको डा. गुप्ताले बताए। स्थानीयस्तरमै उपचार सेवा उपलब्ध भएपछि बिरामीको समय र खर्च बचत हुनुका साथै सहज रूपमा फलोअप गर्न सकिने उनको भनाइ छ।
क्लिनिकले बिरामीको आवश्यकता र अवस्थालाई प्राथमिकतामा राख्दै गुणस्तरीय तथा आधुनिक उपचार सेवा उपलब्ध गराउने जनाएको छ। आगामी दिनमा अर्थोपेडिक तथा स्पाइनसम्बन्धी विशेषज्ञ सेवा थप विस्तार गर्दै आवश्यकताअनुसार उपचार सुविधा बढाउने योजना रहेको क्लिनिकले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

