आरपि उपाध्याय / त्रिवेणी ,२९ साउन
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ स्थित गण्डक ब्यारेज पुलमा शुक्रबार बिहान एक पुरुषको शव फेला परेको छ।
गण्डक ब्यारेज पुलको ढोका न.३४ मा अन्दाजी ३५/४० वर्षको पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ सब इन्सपेक्टर सुरेस पालले जानकारी दिनुभयो।
ब्यारेज पुलमा फेला परेको शवलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नदीबाट बाहिर निकाली पोस्टमार्टमको लागि मध्यविन्दु अस्पताल कावासोती पठाइएको प्रहरीले जानकारी दिएको छ।
पहाडी नदीहरुमा डुबेर बेपत्ता भएका शव गण्डक नदीको बहाव संगै ब्यारेज पुलको पानीमा तैरिरहेको अवस्थामा अन्य शवहरु पनि फेला पार्न थालिएको थियो।
श्रावण महिना लागेपछि गण्डक नदीको ब्यारेज पुलमा श्रावण २९ गतेसम्म ५ को सङ्ख्यामा बेवारिसे शव फेला पारिएको पनि प्रहरीले बताएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

