Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू अौषध सहित एक नेपाली युवक पक्राउ

संजय कुशवाहा / नवलपरासी २६ फागुन

पश्चिम नवलपरासीको सशस्त्र प्रहरीले ठुलो सफलता हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल बिओपी गुठी परसौनीले बिशेष सुराकीको अधारमा ठुलो मात्रामा लागू अौषध बरामद गरेको हो ।

बुधवार साझ सुस्ता गाउँपालिका वडा नं. २ सातपत्रि स्थित भारतबाट लुकाई छिपाई अन्दाजी १८ वर्षको युवकले झोलामा समान बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल ( विओपी ) गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको कमान्डमा खटिएको टोलीलाई देखेर सो युवकले झोला बोकेर भाग्न खोजेपछि उनलाई पक्राउ गरि झोला चेकजाँच गर्दा झोलाबाट अनरेक्स सिरफ ३१ बोतल , नाइट्रोभेट ८ पत्ता १ सय २० चक्की , विनस्पास्मो फोर्ट १८ सय ९० पिस जस्ता लागु औषध बरामद गरिएको हो । पक्राउ परेका युवक र लागू अौषध इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाइएको गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक खरेलले जानकारी दिए ।

सिमा क्षेत्रबाट लागू अौषध ओसारपसार भइरहेको जन गुनासो बढिरहेको अवस्थामा गण नं २६ बेलाशपुरका एसपी महेश अधिकारीको विशेष निर्देशनमा सशस्त्र प्रहरीले निगरानी बढाएको हो । लागु पदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यस अनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको सरोकारवालाहरुले बताउँछन् । लागु पदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागु पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरू बताउँछन् । भारतबाट त्यस्ता लागु पदार्थ महेशपुर, बिसुनपुरा, भुजहवा, बसहिया,धर्मौली र बन्नकट्टी लगायतको नाकाबाट लागू पदार्थ अोसारपसार हुने गरेको स्थानियले बताउँछन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित