उर्मिला यादव यात्री / फागुन २६
हिसान नवलपरासीको आयोजनामा आज जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हिसान नवलपरासीका अध्यक्ष सागर पाण्डेको अध्यक्षता तथा राष्टिय परीक्षा बोर्ड बुटवल कार्यालयका प्रमुख रमाकान्त तिवारीको प्रमुख आथित्यतामा ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
९ वटा बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १७ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । जसमा कुमुदिनी माबि बर्दघाट प्रथम, न्यु लाइफ स्कुल बर्दघाट द्धितिय , अन्नपुर्ण माबि अस्नैहा तृतीय स्थान हासिल गरेका छन । कार्यक्रममा बिजेता भएका बिद्यालयका बिद्यार्थीहरुलाइ शिल्ड र प्रमाण पत्र प्रदान गरीएको थियो ।
प्रतियोगितामा कार्यक्रमको औचित्यबारे ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीका प्राचार्य भेषराज न्यौपानेले प्रकाश पार्नु भएको थियो भने दिब्यज्योति क्याम्पस चिसापानीका प्रध्यापक शेषकान्त पौडेलले निर्णायक भुमिका निर्वाह गर्नु भएको थियो । यस्तै गरी कार्यक्रम संचालन हिसान नवलपरासीका सचिव प्रेम बहादुर खडकाले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

