Rashtriya Dainik

इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा विभिन्न ग्यास डिस्ट्रीब्युटरका पसलहरूमा छड्के अनुगमन

कृष्णनगर , साउन २४

बजारमा ग्यासको कृत्रिम अभाव तथा कालोबजारी भएको व्यापक जनगुनासो आएपछि इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले विभिन्न ग्यास डिस्ट्रीब्युटरका पसलहरूमा छड्के अनुगमन गरेको छ।

प्रहरी टोलीले कृष्णनगर क्षेत्रका श्री जीर्ण डिस्ट्रीब्युटर, श्री साई इम्पेक्स, पहाडी स्टोर, सेमरा गाउँस्थित विनोद किराना स्टोर, स्टार ट्रेडिङ तथा नेपाल टेलिकम नजिकै रहेको एसएमभी सप्लायर्समा अनुगमन गरेको हो।

अनुगमनका क्रममा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको वा कालोबजारी भएको स्पष्ट प्रमाण नदेखिएको प्रहरीले जनाएको छ। तथापि, बजारमा अनावश्यक हल्ला नफैलाउन र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित डिस्ट्रीब्युटरहरूलाई आवश्यक सुझाव तथा निर्देशन दिइएको छ।

प्रहरीले बजार अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको गुनासो आएमा थप कडाइका साथ कारबाही गर्ने चेतावनी समेत दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित