Rashtriya Dainik

पर्सामा १७ औँ बिओपी उदघाटन

राजन कुमार बानिया/पर्सा २६ फागुन

पर्साको बिन्दवासिनी गाउँपालिका वार्ड न-५,प्रसौनी भाठ्ठा स्तिथी छोटी भन्सार कार्यालय परिसरमा आज एक कार्यक्रम बिच सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाको उदघाटन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल न-२,छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतम ज्यूको प्रमुख आतिथ्य तथा बिन्दवासिनी गाउँपालिका प्रमुख श्रीलाल साह मोदि ज्यूको विशिष्ट आतिथ्यमा पर्सा जिल्लाको १७ औ बिओपी को रुपमा स्थापना गरिएको हो । स्थापनाले सिमामा हुने अपराधी गतिविधि,राजस्व छली, लागुऔषध ओसारपसार,चेलिबेटी बेचबिखन जस्ता कार्यहरु नियन्त्रण गर्ने उदेश्यका साथ बिओपि स्थानपना गरिएको प्रमुख अतिथि गौतमले बताउअनु भयो।

उक्त कार्यक्रममा पर्साका प्रमुख अतिथि आसमान तामाङ्ग, पर्साका प्रहरी उपरीक्षक बेलबाहादुर पान्डे,सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका,गापा उपाध्यक्ष किरण देवि ,बिरगंज भन्सारका अधिकृत महेश आचारय लगायत विभिन्न बिओपीका इन्चार्ज तथा स्थानीय बासिहरुको सह्भागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित