कपिलवस्तु ,२४ साउन— गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार खोजीका क्रममा जंगलमा शव फेला परेको थियो। शवको सनाखत गर्ने क्रममा मृतक पूर्वमेयर किरण सिंह रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले उनको खोजीका लागि विभिन्न क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा जंगलमा शव फेला परेपछि प्रहरीले घटनास्थलमा आवश्यक मुचुल्का उठाउनुका साथै कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारणबारे तत्काल केही खुल्न सकेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

