Rashtriya Dainik

युक्ति तथा कारबाहीसम्बन्धी विशिष्टीकृत प्रशिक्षणमा उत्कृष्ट बन्दै युक्ति तालिम महाविद्यालय

आरपि उपाध्याय / नवलपरासी ,२३ साउन

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गहा नवलपरासीको ११ औं वार्षिकोत्सब समारोह एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

वार्षिकोत्सब समारोहमा प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले देशमा शान्ति,सुरक्षा, सुव्यवस्था तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि दक्ष,अनुशासित र व्यवसायीक प्रहरी अपरिहार्य हुने बताउनु भएको छ।

नायब महानिरीक्षक खत्रीले नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयले आफ्नो उत्कृष्टताको यात्रालाई अझ सुदृढ बनाउदै नेपाल प्रहरीको युक्ति तथा कारबाही सम्बन्धि विशिष्टीकृत प्रशिक्षणको अग्रणी केन्द्रको रुपमा निरन्तर सफलता मिलोस भन्ने शुभकामना पनि दिनुभयो।

वार्षिकोत्सब समारोहमा सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालले मुलुकमा हुने अशान्ति नियन्त्रण,प्राकृतिक विपद उद्दार कार्य जस्तो परिस्थितिको सामना गर्न सक्ने जनशक्ति उत्पादन गरि युक्ती तालिम महाविद्यालयको सीप,ज्ञान र कार्यक्षमतामा समयानुकूल सक्रिय भुमिका, गुणस्तरीय तालिम र ज्ञानमा अझ बढी प्रगति हुने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा रक्तदान,खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई कदरपत्र सहित प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा नेपाल प्रहरी संगठन समयानुकूल कार्यशैली आवश्यक विशिष्ट तालिम प्रदान गर्ने निकायको आवश्यकता महसुस भइ साबिक प्रहरी युक्ति तालिम महाविद्यालय हाल नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको स्थापना २०६४ साल कार्तिक १६ गते भएको जानकारी गराइएको थियो।

सो अवसरमा युक्ति तालिम महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अजय के.सी.ले उपस्थित सबै आगन्तुकहरुमा धन्यवाद ज्ञापन गर्नुभयो।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको वार्षिकोत्सब समारोहमा सुनवल नगरपालिकाका जनप्रतिनिधि,जिल्ला अन्तर्गतका सुरक्षा निकायका प्रमुख,रुपन्देही जिल्लाका सुरक्षा प्रमुख र महाविद्यालयमा कार्यरत विभिन्न दर्जाका अधिकृत,युनियर अधिकृत र जवानहरूको कार्यक्रममा सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित