राजन कुमार बानिया/पर्सा २२ साउन
पर्साको पोखरिया अस्पतालमा केही महिना अघी ओजेटी (OJT) का लागि आएका विवेक प्रसाद चौहान हाल कर्मचारीका रूपमा कार्यरत रहेको विषयलाई लिएर स्थानीयवासीले नियुक्ति प्रक्रियामाथि प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार चौहानको नियुक्ति कुन प्रक्रिया र आधारमा गरिएको हो भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक नभएको भन्दै निष्पक्ष छानबिनको माग गरिएको छ। उनीहरूले कर्मचारी नियुक्तिका क्रममा आवश्यक दरबन्दी, सार्वजनिक सूचना तथा प्रतिस्पर्धात्मक छनोट प्रक्रिया पालना नगरिएकोआरोप स्थानीयले लगायका छन। आरोपको विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्।
स्थानीयहरूले राजनीतिक पहुँचका आधारमा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी नियुक्ति गरिएको हुन सक्ने आशंका व्यक्त गर्दै यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उक्त विषय अस्पतालभित्र तथा स्थानीय तहमा समेत चर्चाको विषय बनेको स्उस्थानीयहरूको भनाइ छ।
यस्तै, केही सेवाग्राहीहरूले चौहानको सेवाग्राहीप्रतिको व्यवहार सन्तोषजनक नरहेको गुनासो गरेका छन्। उनीहरूले बिरामीसँग असहज ढंगले बोल्ने, सञ्चार शैली उचित नभएको, कामप्रति पर्याप्त जिम्मेवार नदेखिएको तथा सेवाप्रवाहमा सुधार आवश्यक रहेको आरोप लगाएका छन्।
स्थानीयहरूले नियुक्ति प्रक्रियासम्बन्धी सम्पूर्ण अभिलेख सार्वजनिक गर्न, आवश्यक छानबिन गर्न तथा नियमविपरीत नियुक्ति भएको पुष्टि भए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

