Rashtriya Dainik

जेष्ठ नागरिक सम्मान कार्यक्रम दुबाैलियामा सम्पन्न

नन्दु यादव / फागुन २६ नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा न. ५ दुबाैलियामा बुधबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।जेष्ठ नागरिकहरुकाे सम्मान गराै,राष्ट्रिय गाैरव बढाअाै भन्ने मुलनाराका साथ कार्यक्रम सम्पन्न गरिएकाे हाे । सरावल गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष दिनेश सहानीकाे अध्यक्ष तथा प्रदेश सासद दिपेन्द्र अधिकारी काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा स्वागत मन्तब्य बिकाउ हरिजनले राख्नु भएकाे थियाे ।कार्यक्रम मा सुखाणी चाैधरी ,स्वास्थ्य प्रमुख बिजय कुमार चाैधरी ,कृष्ण जीवन तिवारी गाउपालिका उपाध्यक्ष उत्तमा राय लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि अधिकारीलेे जेष्ठ नागरिक हरु देशकाे अभिभावक रहेकाेले हरेक क्षेत्रबाट सम्मान गरिनु पर्ने बताउनु भयाे ।जेष्ठ नागरिकहरुकाे लागि नेपाल सरकारले हरेक तरहबाट सहयाेग गरिरहेकाे बताउनु भयाे ।साथै अब अाउने दिनमा जेष्ठ नागरिकहरुकाे लागि थप नया याेजना ल्याई सहयाेग र सम्मान गर्ने अाफु प्रतिबद्ध रहेकाे बताउनु भयाे ।कार्यक्रम मा ११९जना जेष्ठ नागरिक हरुलाई दाेसल्ला अाेढाइ सम्मान गरिएकाे थियाे भने स्वास्थ्य काे लागि च्वनप्रास समेत जेष्ठ नागरिकहरुलाई प्रदान गरिएकाे थियाे ।कार्यक्रम लाई श्रिराम गाैड ले सन्चालन गर्नु भएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित