Rashtriya Dainik

नेपाली काङ्ग्रेस नवलपुरको विस्तारित बैठक वि.पि. भवन कावासोतीमा सम्पन्न

आरपि उपाध्याय / नवलपुर ,२८ असार

नेपाली काङ्ग्रेस नवलपुरको विस्तारित बैठक वि.पि. भवन कावासोतीमा आइतबार सम्पन्न भएको छ।
विस्तारित बैठकमा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता अद्यावधिक गर्ने कार्यमा भएको प्रगति बारे पालिका सभापतिहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए।

बैठकमा फागुनमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि भएको पार्टी गतिविधि र पार्टीलाई चुस्तदुरुस्त बनाउने बारे पनि छलफल भएको थियो।

बैठकमा युवा वर्गलाई पार्टीको सिद्धान्त,विचार र आदर्श बारे जानकारी गराइ बढीभन्दा बढी सदस्यता विस्तार गर्ने बारे बैठक केन्द्रित रहेको पार्टीका कार्यालय सचिव गोपाल बास्ताकोटीले जानकारी दिनुभयो।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपुरका सभापति महेन्द्रध्वज जि.सी. को अध्यक्षतामा बैठक बसेको थियो। बैठकको प्रमुख अतिथि समेत रहनु भएका काङ्ग्रेस केन्द्रिय सदस्य डा. गोपाल दहितले क्रियाशिल सदस्यता अद्यावधिक गर्ने कार्यमा भुमिका खेल्ने सम्बन्धि जानकारी गराउदै वडा सदस्य, पालिका सदस्य,संघ र प्रदेश सांसद लगायतका निकायले अद्यावधिक कार्यमा १८ वर्षदेखि ३५ वर्षसम्मका युवा समुहलाई नयाँ सदस्यता विस्तार गर्ने विषय प्रष्ट पार्दै युवा लक्षित सदस्यता विस्तार अभियान बारे जानकारी गराउनु भएको थियो।

सो अवसरमा नेपाल महिला संघकी केन्द्रिय सदस्य भावना खनालले महिलाहरुको भेला गराइ महिलाहरूलाई पार्टीले सञ्चालन गरेको गतिविधि बारे जानकारी गराउदै सदस्यता अद्यावधिक अभियानमा छुटेका महिलाहरुलाई समावेश गराउने लक्ष्यका साथ नवलपुर आएको बताउनु भयो।

बैठकमा क्षेत्रीय सभापति सुर्य बहादुर गुरुङ,प्रदेश १ (ख) सभापति हेमु पाण्डे, विनयी त्रिवेणी गाउँपालिका सभापति अजित थापा,गैंडाकोट नगर सभापति बद्री सापकोटा,संगठन शाखा प्रमुख कपिलदेव भुसाल,डि.बि. चौधरी,के.बि. राना लगायतले क्रियाशिल सदस्यता अद्यावधिक कार्यमा भएको प्रगति र थप चुनौती बारे पनि आफ्नो धारणा राख्नुभएको थियो।

विस्तारित बैठकमा नेपाली काङ्ग्रेसको संगठनलाई थप सुदृढ,सशक्त र प्रभावकारी बनाउन सञ्चालन गरिएको “जरा अभियान” तथा पार्टीको १५ औं अधिवेशनको कार्यतालिका अनुसार क्रियाशिल सदस्यता फारम वितरण र नयाँ क्रियाशिल सदस्यहरुको विवरण अनलाइन प्रणालीमा प्रविस्ट गर्ने कार्यका लागि सदस्यता व्यवस्थापन केन्द्रित समितिको निर्णय अनुसार २०८३ श्रावण ३ गतेसम्म समयावधि थप गरिएको पनि जानकारी गराइएको थियो।

विस्तारित बैठकमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला कार्यसमिति सदस्य,भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुको पनि बैठकमा सहभागिता रहेको जानकारी प्राप्त भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित