मौलापुर नगरपालिकाद्वारा आयोजना हुने महा शिवरात्री विशेष मेला अन्तर्गत संचालन हुने विभिन्न क्रियाकलाप हरूको तयारी सम्बन्धमा रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, सस्त्रप्रहरी बलका एस.पी. सुरुज बहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक मुकुन्द बहादुर खड्का र प्रहरी उपरीक्षक सिद्धि विक्रम साहले स्थलगत अनुगम गर्नु भएको छ।

सो सम्बन्धमा नगरपालिकाले सुरक्षा सम्बन्धी गरेको तयारी र प्रहरीले गर्नुपर्ने तयारी सम्बन्धमा नगरपालिको मेयर रीना कुमारी साह, उपमेयर गौरी शंकर साह र निम्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह लगायत स्थानीय वासी र आयोजक समिति संग प्रमुख जिल्ला अधिकारी यादवले छलफल गर्नु भयो। स्थलगत अवलोकन गरी महा शिवरात्री मेलामा संचालन हुने विभिन्न क्रियाकलापमा चासो लिनु भएको हो। यो मेला सम्हारो कसरी शान्तिपूर्ण तरिकाले सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ त्यस विषयमा छलफल गर्नु भएको हो।

मौलापुर नगरपालिका-५ स्थित पिकनिक पार्कको अलोकन गर्नु भएको छ। र यही फागुन २३ गते देखी नेपाल सरकारले ६५ वर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरूलाई कोभिड -१९ विरूद्धको खोप अभियन संचालनमा रहेको पतौरा स्थित पतौरा प्राथमिक स्वास्थ्य केन्द्रलाई अवलोकन गरी सेवाग्राही संग विशेष कुराकानी गर्नु भएको नि.प्र.प्रमुख साहले जनकारी दिनु भएको छ।
•
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

