नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षिय समझौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा ईन्द्रेणी समाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगरद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीद्धारा मंगलबार जिल्ला तहमा प्रहरीहरु संग सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी काार्यलय परासीमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउदै ठगि मुक्त बनाउन प्रहरीको सहयोग अपरिहार्य रहेको बाउनुभयो ।

सोही कार्यक्रममा विशिष्ट अतिथि समेत रहनुभएका जिल्ला प्रहरी प्रमुख अजय केसीले आफु र आफ्नो मातहतबाट कुनै पनि ठगि गर्ने कोही कसैलाई पनि नछोड्ने बताउदै आफ्नो कार्य निर्देशन र जिम्मेवारी अनुसार कानुन सम्मत कार्यवाहीको दायरामा ल्याउने बताउदै ठगि मुक्त समाज बनाउन सरोकारवालाहरु संग सहकार्य गर्न आफु तयार रहेको बताउनुभयो । सो अवसरमा सहभागिलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य र उपलब्धीका बारेमा अध्यक्ष सुवेदीले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सामी हेल्भेटासका प्रदेश सम्योजक पञ्चराम चौधरी र जिल्ला प्रहरी कार्यालय परासीका नायव प्रहरी उपरिक्षक राजु लामाले गर्नुभएको थियो ।

सो कार्यक्रमको सञ्चालन परियोजनाकी मनोपरामर्सकर्ता सुमित्रा चौधरीले गर्नुभएको थियो । जिल्लाका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीका प्रहरी प्रमुख र मुद्दा हेर्ने अधिकारी गरि ३५ जनाको सहभगिता रहेको सामी परियोजनाका कार्यक्रम समयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

