Rashtriya Dainik

समाजसेवी बालकृष्ण पौडेलद्वारा खेलाडीलाई जर्सि वितरण

पुरन अधिकारी ,सुनवल

युवाहरुको खेल प्रति रुचि बढोस् भन्ने अभिप्रायले सुनवल ४ निवासी समाजसेवी बालकृष्ण पौडेलले सृजनशिल युवाक्लबमा अाबद्ध रहि फुटबल खेल्दै अाइरहेका युवाहरुलाइ जर्सि वितरण गर्नुभएको छ।

क्लबका अध्यक्ष हिरामणि शर्मालाई हस्तान्तरण गरिएको जर्सिमा एक फुटबल टिमलाई अावश्यक पर्ने सम्पूर्ण पोशाक (जर्सि) रहेको अध्यक्ष शर्माले जानकारी गराउनुको साथै यस कार्यले खेलाडी प्रती थप खेलमा लगाब ,रुचि र अाकर्षण समेत बढ्ने बताउनुभयो ।

केही दिन अघि सुनवल मेयरकप फुटबल प्रतियोगितामा उल्लेखनीय खेल प्रदर्शन गर्न नसकेको वडा न.४ का खेलाडीको दैनिक खेल प्रती अभ्यासमा कमि र प्रयाप्त खेल मैदानको समेत अप्रयाप्तता रहेको हालको परिस्थितिमा यस क्लबमा अाबद्ध खेलाडीहरु कृण्णधामको उत्तर तर्फ रहेको सानो खेल मैदानमा दिनहुँ फुटबल खेल्न प्रयासरत रहिरहदा यि खेलाडीलाई हौसला प्रदान गर्न र वडा न.४ को प्रतिनिधित्व गरि अगामी दिनमा वडाको खेललाई पुन: पुरानै लयमा फर्कन टेवा पुगोस् भन्ने उद्धेश्यका साथ खेलाडीलाई सानो सहयोग प्रदान गरेको र भविष्यमा पनि सहयोग र साथ रहिरहने समाजसेवी बालकृष्ण पौडेलले जानकारी गराउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित