आरपी उपध्याय / नवलपरासी
सिमा पार भारत विहार बाल्मिकी नगरमा ८० औं स्वतन्त्रता दिवस एक कार्यक्रमका बिच मनाइएको छ।
पश्चिमी चम्पारणको बाल्मिकी नगर थानाको आयोजनामा एक कार्यक्रमका बिच स्वतन्त्रता दिवस मनाइएको हो।
सन् १९४७ अगस्ट १५ तारीखका दिन अङ्ग्रेजको शासनबाट भारत मुक्त भइ स्वतन्त्रता प्राप्त गरेको सम्झनामा यो दिवस मनाउने प्रचलन रहदै आएको छ।
स्वतन्त्रता दिवसको अवसरमा बाल्मिकी नगर थानाध्यक्ष मनोज कुमारले भारतीय तिरङ्गा ध्वज फहराउदै सलामी अर्पण गरेका थिए।
सो अवसरमा भारतीय सुरक्षा सिमा बल एस.एस.बि. ब्यारेज पुलका असिस्टेन्ट कमान्डेन्ट लोकेश कुमार बनिया,ख्याति प्राप्त सर्जन डा. राजु प्रसाद,स्थानीय पत्रकार, स्कुलका बालबालिका,भारतीय राष्ट्र सेवक कर्मचारी र नेपाल स्थित विनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा रहेको सुरक्षा युनिट प्रमुखहरुको पनि उपस्थिति रहेको थियो।
स्वतन्त्रता दिवसको अवसरमा सिमावर्ती क्षेत्रका नेपालका नागरिक र व्यापारीहरुको पनि उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

