काठमाडौं । मुन्धुम कथाबस्तुमा आधारित रहेकाे नाटक ‘केसामी नाम्सामी’ मञ्चन जारि रहेकाे छ ।
याक्थुम समुदायको केसामी नम्सामी मुन्धुममा आधारित नाटक थापागाउँस्थित एक थिएटर नेपालमा गत साउन १८ गतेदेखि मञ्चन सुरु भएको हो ।
यासेली योङहाङले नाट्य रूपान्तरण गरेको नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी अनील सुब्बाले गरेका थिए ।
साे नाटक मार्फत मानव र प्रकृतिबीचको सम्बन्ध, सहअस्तित्व, विश्वास, द्वन्द्व र नैतिक जिम्मेवारी प्रस्तुत गरिएको छ ।
उनका अनुसार ‘केसामी नाम्सामी’ पुस्तौंदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृति हो । यसलाई उनले आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
यस नाटकमा चर्चित कलाकार सौजन सेनेहाङ, आकाश सुहाङ लिम्बू, अञ्जना राई, पुष्पाञ्जली लिम्बू, अपेक्षा सुब्बा, रमिता राई र चिराग पनेरु छन् । दर्शककाे मन जित्ने अपेक्षा गरिएकाे याे नाटक यही भदौ १३ सम्म मञ्चन हुने कार्यक्रम रहेकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

