Rashtriya Dainik

शैक्षिक अवस्था सुधार नहुनु भनेको स्थानीय निकाय कमजोर रहनु हो-युवा नेता सुदिल पटेल राजन कुमार बानिया

पर्सा ३० साउन
धोबीनी गाउँपालिकामा नया पुस्ताको नेतृत्वप्रति आकर्षण तीव्र गतिमा बढिरहेको छ । यही क्रमसँगै युवा नेता सुदिल पटेल धोबीनी गाउँपालिका अध्यक्षको लागि सबैभन्दा उर्जाशील र व्यवहारिक नेताका रूपमा जबरजस्त उदाउँदै गएका छन ।
कतिपय राजनीतिक दलमा पूरानै नेताले अवसर पाउन लागेको चर्चा चल्दै जाँदा पर्साको धोबीनी गाउँपालिकामा जनताले नेताको रुपमा उभ्याउन थालेका हुन । पछिल्ला दिनहरूमा चुनाव लक्षित छलफल तथा भेटघाटका लागि पटेल स्थानीयहरूसँग निरन्तर सम्वादमा रहेका छन । जसमा अबको वैकल्पिक शक्तिका रूपमा पटेल अघि बढ्नुपर्ने जनताले बताउन थालेका छन । जनसम्वादका क्रममा पटेलले पनि आफू सधैं समाजसँगै र समाजको विकास सँगसँगै रहेको बताउँदै चुनावमा साथ दिँदा धोबीनीको विकासमा मिहीन ढंगले लाग्ने प्रतिवद्धता र योजना समेत प्रस्तुत गरिरहेका छन।
समाजसेवा, जनसंवाद र समस्या समाधानमा केन्द्रित उनका गतिविधिले दैनिक रूपमा स्थानीयवासीसँग भेटघाट गर्दै उनी चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर जनताको समस्या सुन्ने, बुझ्ने र संभावित समाधानका मार्ग प्रस्तुत गर्दै आएका छन।
पटेलले अबको राजनीति नाराभन्दा योजनामा, प्रतिस्पर्धाभन्दा परिणाममा र भाषणभन्दा व्यवहारमा आधारित हुनुपर्ने स्पष्ट धारणा सार्वजनिक रूपमा राख्दै आएका छन। धोबीनी गाउँपालिकालाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा–स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्ने, धार्मिक स्थल प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र पर्यटन विकास गर्ने एजेन्डा उनले प्राथमिकतामा राखेका छन।
देशभर युवाको नेतृत्वबारे आवाज उठाएको जेनजी आन्दोलनपछि पर्सामा पनि नयाँ सोच र नयाँ पुस्ताको माग बढेको छ। यही वातावरणमा पटेलको निरन्तर जनसम्पर्कले उनको लोकप्रियता थप बढाएको छ।धोबिनी गाउँपालिका-३ हरिहरपुरका स्थानीय युवा नेता दिपेन्द्र पटेल भन्छन्, “चुनावको बेला मात्र देखिने नेताको जमाना सकियो, समस्या सुन्ने र समाधानतर्फ लैजान सक्ने नेतृत्व शाक्यमै देखिन्छ । उनले विगतमा पर्साबाट धेरै राजनीतिक प्रतिनिधि निस्किए पनि विकासको गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै अब ‘परिणाममुखी, जिम्मेवार र पारदर्शी नेतृत्व’ अनिवार्य भएको बताउँदै आएका छन। उनका अनुसार नेतृत्वको मूल्यांकन पार्टीको नजिकियताबाट होइन, नागरिकका समस्या समाधान गर्न सक्ने क्षमताबाट हुनुपर्छ।
धर्म–संस्कृति, मेलमिलाप, सहकार्य र सामाजिक सद्भावलाई बलियो बनाउने पटेलको दृष्टिकोणले स्थानीयबीच उनको छवि अझै मजबुत बनाएको छ। समुदायबीच सहकार्य गराउँदै साझा मुद्दामा एकताबद्ध रूपमा अघि बढ्न सक्ने नेतृत्व गुण पटेलमै देखिएको धोबीनी गाउँपालिका बुद्धिजीवी, व्यवसायी तथा युवाको बुझाइ छ। धोबीनी गाउँपालिकाका लागि युवा पुस्ताका लागि ‘सबैभन्दा उर्जाशील र आशालाग्दो सम्भावित उम्मेदवार’का रूपमा हेरिन थालेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित