आरपी उपध्याय / नवलपरासी
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १ पश्चिम नवलपरासीको आयोजनामा प्रदेश सभा स्तरीय क्रियाशील सदस्यता विस्तार अभियान कार्यक्रम सम्बन्धि अन्तरक्रिया सहित छलफल बैठक प्रतापपुरको बेलाटारीमा सम्पन्न भएको छ।
कार्यवाहक सभापति मान कुमारी चौधरीको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय प्रतिनिधि केशव निरौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा केन्द्रीय प्रतिनिधि निरौलाले लोभ,लालच र गुटबन्दीबाट मुक्त भइ इमानदारी पुर्वक पार्टीको सिद्धान्त र विचार अनुसार काम गर्नुपर्ने सम्पुर्ण कार्यकर्ताहरुको परम कर्तव्य रहेको बताउनु भयो।
उहाँले पार्टीले दिएको सामाजिक हैसियत अनुसार कार्य गरियो भने त्यसको परिणाम पनि सुखद रहने धारणा राख्दै निरौलाले अन्य पार्टीमा मतदान गर्ने र काङ्ग्रेसप्रति असहयोग गर्नेको पहिचान गरी त्यस्ता प्रवृत्तिका मानिसहरुलाई सदस्यता नवीकरण नगर्न पनि निर्देशन दिनुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका कार्यवाहक सभापति विक्रम प्रसाद यादवले काङ्ग्रेसका क्रियाशील सदस्यहरुले आफ्नो स्वाभिमानको रक्षा गर्दै पार्टीमा उत्पन्न हर चुनौतीलाई विधि सम्मत रुपले समाधान गर्न सदैव तत्पर रहन आग्रह गर्दै अब आउने अधिवेशनमा सक्षम, इमानदार र योग्य व्यक्तिको चयन गरेर पार्टीलाई गतिशील बनाउनुपर्ने जिकिर गर्नुभयो।
कार्यक्रममा नेपाल थारु संघका केन्द्रीय सहसचिव राधेश्याम चौधरी,नेता मोहन शर्मा, किसान संघका पुर्व अध्यक्ष श्रवण कुमार कोइरी,मुना पुन,नारायण प्रसाद पाण्डे, भीमलाल न्यौपाने,ऋषिदेव पटेल,राधेश्याम कुशवाहा,केशव अधिकारी,नाथुराम क्षेत्री लगायत एक दर्जन पार्टीका कार्यकर्ताहरुले आफ्नो सुझाव सहित मन्तव्य राख्नुभएको कार्यक्रम सञ्चालक विश्वबन्धु यादवले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

