प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरिपनि कसले कसरी बुझ्ने, कस्तोलाई प्रेम मानिरहेको छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमातमात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ । खाशमा, यहाँ प्रेम शब्दको अर्थमा विविधिकरण खोज्नु भन्दा पनि शब्दको अर्थ एउटैलाई पल भरमै किन फरक–फरक हुने गर्दछ भन्ने गम्भिर देखिन्छ ।
प्रेम शब्द खोज्दै र भोग्दै जाँदा बाल्य अवस्थाका ति निस्वार्थ प्रेम जहाँ एक अर्काका खुशी भलो कै चाहना हुने गर्दथे तर कसैले सम्झन चाहदैनन् ति स्वर्णिम पलहरु किनकी समयको चक्रले पिरोलिरहेको हुन्छ सदैव उनीहरुलाई । यहाँ उनीहरु भनेका तिनीहरु हुन जो समय समयमा प्रेमको परिभाषा नै बदलिदिएका हुन्छन्, समाजले, संसारले मानोस् नमानोस् उनीहरुले भनेपछि पुग्यो त्यहाँ ।
अझ बढी किशोर अवस्थामा विपरित लिङ्गीहरुको प्रेम जहाँ पलभरमै प्रेमको अर्थ बदलिरहेको हुन्छ । बिहान प्रेम खुशी हो भन्नेले साँझ पर्न नपाउँदै प्रेमलाई संसारकै दुःख भन्न पनि ढिलाई गर्दैन त्यहाँ ।
फेरिपनि प्रेम त्याग्न सक्दैनन् कोही । यता कता प्रभाव परिरहेको हुन्छ प्रेमको । अपरिचित केटा र केटीलाई वैवाहिक सम्बन्धमा बाँधेर एकअर्कामा समर्पित बन्न प्रेमले सिकाउँछ, इमान्दार, विश्वासी बन्न प्रेमको महत्वपूर्ण भूमिका देखिन्छ । हामीहरु हरेक सम्बन्धमा प्रेमको फरक–फरक अनुभुती आभास गर्न सक्छौं । तर, जहाँ प्रेम हुन्छ त्यहाँ प्रतिशोध, क्रोध, घमण्ड र रिसरागको कुनै ठाउँ नै हुँदैन ।

यसको अर्थ जहाँ प्रेम हुँदैन त्यहाँ अहंकार, घमण्डले राज गर्छ भनेर लगाउनु पनि समय सापेक्ष निर्णय नहुन सक्छ । तर, यहाँनेर स्वीकार्नुपर्ने के छ भने प्रेम प्रत्येकको भोगाइ र समयनुसार फरक फरक हुन सक्छ । समयानुसार कुरा गर्दा जहाँ प्रेमलाई ‘माया’ भनिएको हुन्छ त्यहाँ समान भोगाइहरु अनुभुतिहरु समेटिएका हुन्छन् । चाँहे ति आमाबाबु, छोराछोरी, दाजुबहिनी, साथीभाइ अथवा प्रेमप्रेमिका बीचको प्रेम नै किन नहोस् सरल बुझाईमा त्यहाँ साँचो सम्बन्ध गाँसिएको पाउन सकिन्छ । एउटै पात्रको एउटै समयमा फरक–फरक प्रेमका अनुभुतिहरु हुन सक्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

