Rashtriya Dainik

पोखरिया नगरपालिकाको ११ अौ नगरसभामा ४८ करोड ५१ लाख ८० हजारको बराबरको बजेट सार्वजनिक

राजन कुमार बानिया / पर्सा १० असार

पर्साको पोखरिया नगरपालिकाको ११ अौ नगरसभाले ४८ करोड ५१ लाख ८० हजार बराबरको अनुमानित बजेट ल्याएको छ । पोखरिया नगरपालिका को सभा हलमा बुधबार भएको ११ अौ नगरसभामा नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ को लागी ४८ करोड ५१ लाख, ८० हजारको बराबरको बजेट पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेखर कोईराला सार्वजनिक गर्नु भएको थिए ।नगरसभाको उद्घाटन पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन प्रसाद चौहानले गरेका थिए । नगरप्रमुख चौहानको अध्यक्षतामा भएकोको नगरसभा तथा नीति तथा कार्यक्रम पोखरिया नगरपालिकाको विकासका लागि आफू लागिपरेको अध्यक्ष चौहानले बताए ।उनले पोखरियाको विकास मा फडको मारेको छ। पोखरिया नगरपालिका मा शिवमंदिर निर्माण, पोखरिया प्रदेशिक अस्पताल भएको छ। मालपोत कार्यालय, नापी कार्यालय, पोखरिया उच्च माबी का भवन निर्माण ,महोबनी माबी को ठेका भईसकेको निर्माण कार्य जारी रहेको छ। ईलाका प्रशासन कार्यालय को लागि पहल भएको छ । नगरबिकास को काम अगाडि बढिसकेको ले छिटै नै जग्गा धनी लाई लालपुर्जा बितरण गर्नु उनले भने । राजनितिकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुबीच समन्वय गरी अगाडि बढेकाले अहिले आफूहरू धेरै नै विकास निर्माणलगायतमा फड्को मारेको जिकिर गरे ।
जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासका लागि पार्टी प्रतिनिधिहरुलाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गर्दै आफू पनी सहकार्य र सहयोग लिएर अगाडि बढ्ने बताए ।नगर सभा कार्यक्रमबाट स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार सिचाई, विकासमा, महिला बालबालिका उत्थान खेलकुद, ज्येष्ठ नागरिक सम्मानलगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड दिइएको छ ।
नगरसभा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत शेखर कोईराला ले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि र कर्मचारीहरुले मिलेर अगाडि बढ्न आग्रह समेत गरे । कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य, नगरपालिका सदस्य अधृकित कौसलकिसोर झा, कर्मचारी लेखापाल राजबिर चौरसिया, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र मिश्रा, आईटी अफिसर अरबिन्द दुवेदी, कर्मचारीहरु ,सुरक्षाकर्मी ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम संचालन नरेन्द्र साह ले गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित