Rashtriya Dainik

देवदह मेडिकल कलेज भलुहीको सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर त्रिवेणीमा सम्पन्न

आरपी उपध्याय / नवलपरासी

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.६ को आयोजना तथा देवदह मेडिकल कलेज भलुहीको प्राविधिक सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर त्रिवेणीमा सम्पन्न भएको छ ।
विनयी त्रिवेणी गा.पा. वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहको अध्यक्षता तथा वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको प्रमुख आतिथ्यतामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि कार्कीले देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित नि:शुल्क स्वास्थ्य परिक्षणबाट विपन्न नागरिक लाभान्वित हुनुका साथै विशेषज्ञ चिकित्सकको प्रत्यक्ष सेवा पाएको बताउनुभयो।
कार्यक्रममा मेडिकल कलेजका फिजिसियन डाक्टर मनोज गैरेले रोगको पहिचान गरी गरिने उपचारबाट रोग निको हुनुका साथै बिरामीहरुले सास्तीबाट मुक्ती पाउने विचार व्यक्त गर्दै देवदह मेडिकल कलेजमा पछिल्लो समय यता विशेषज्ञ डाक्टरबाट गर्दै आएको उपचारले राम्रो परिणाम आएको जिकिर पनि गर्नुभएको थियो।
सो अवसरमा मेडिकल कलेजका जनसम्पर्क अधिकृत मुक्ती काफ्लेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कलेजले पुर्याउदै आएको यातायात सेवालाई थप निरन्तरता दिदै `स्वास्थ्य नै धन हो´ भन्ने मुल मन्त्रलाई साकार पार्न सबैको सहयोग हुन जरुरी रहेकोे धारणा राख्नुभयो।
नि:शुल्क स्वास्थ्य शिविरमा विनयी त्रिवेणी वडा न.६ र ७ बाट २५० बिरामीहरुले स्वास्थ्य परिक्षण गराउनु भएको थियो भने नि:शुल्क रुपमा औषधि पनि वितरण गरिएको कार्यक्रम सञ्चालक एवं त्रिवेणी स्वास्थ्य चौकी प्रमुख रघुनाथ भट्टराईले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित