राजन कुमार बानियाँ/पर्सा, १० असार ।
पर्साको जगरनाथपुर गाउँपालिकाले ‘समृद्धिका लागि वन (Forests for Prosperity)’ परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा मधेश प्रदेशभर प्रथम स्थान हासिल गरेको छ।
नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंले वन विकास, वातावरण संरक्षण तथा समुदायको आर्थिक समृद्धिमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै गाउँपालिकालाई प्रशंसापत्रसहित १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो।
डिभिजन वन कार्यालय सिमरामा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री तथा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलाई पुरस्कार राशिको चेक र प्रशंसापत्र हस्तान्तरण गरिएको वन शाखा प्रमुख पप्पु यादवले जानकारी दिए।
रेड कार्यान्वयन केन्द्रका राष्ट्रिय परियोजना निर्देशक तथा सहसचिव नवराज पुडासैनीद्वारा प्रदान गरिएको प्रशंसापत्रमा जगरनाथपुर गाउँपालिकाले स्थानीय स्तरमा वन तथा वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ।
वार्षिक मूल्याङ्कनमा हरिवन नगरपालिका दोस्रो, नवराजपुर नगरपालिका तेस्रो तथा पटेर्वा सुगौली गाउँपालिका चौथो स्थानमा परेका छन्। उनीहरूलाई क्रमशः १ लाख, ७५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापा, गणेश कार्की, महेश ढुंगाना, वन विज्ञ पशुपतिनाथ कोइराला, मधेश प्रदेश वन निर्देशक जगरनाथ प्रसाद जयसवाल तथा योजना अधिकृत लालबाबु यादवलगायत विभिन्न निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

