Rashtriya Dainik

मूर्ति तोडफोडदेखि यौन व्यवसायसम्म : विनयी त्रिवेणीमा प्रहरीको सक्रियता, ६ जना पक्राउ

आरपि उपाध्याय / नवलपरासी ,१० असार

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ गाइड बाधमा रहेकोे दुर्गा मन्दिर परिसरभित्रको मुर्ति तोडफोड गर्ने एक व्यक्तिलाई त्रिवेणी प्रहरीले नियन्त्रणमा लिएको छ।

रातिको समयमा दुर्गा मन्दिरभित्र प्रवेश गरी दुर्गा भगवतीको मुर्ति तोडफोड गर्दै अपराधीक उपद्रो गरेका सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय त्रिवेणीका टोली पुगि उक्त कार्यमा संलग्न रहेको एक व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो।

मन्दिरभित्र पसेर मुर्ति चोरी गर्ने नियतले तोडफोड र उपद्रो मच्चाउने रामग्राम नगरपालिका १७ बरारी बस्ने वर्ष ३१ को मिनबहादुर चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले नियन्त्रणमा लिएको चौधरीलाई थप कानुनी कारवाही गर्न जिल्ला अदालत नवलपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेकोे बताइएको छ।

त्यसैगरी विनयी त्रिवेणी ६ मा यौन व्यवसाय गराउने ५ व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय त्रिवेणीले गोप्य सुचनाको आधारमा ती अवैध कार्यमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको नियन्त्रणमा परेका ५ मध्ये चार भारतीय र एक नेपाली रहेको प्रहरीले बताएको छ। प्रहरीको नियन्त्रणमा परेका अभियुक्त ५ व्यक्तिलाई थप कारवाही गर्न जिल्ला अदालत नवलपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित