Rashtriya Dainik

पकाहा मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न, ३५ करोड २४ लाखको बजेट प्रस्तुत

राजन कुमार बानियाँ/पर्सा, १० असार —

पर्साको पकाहा मैनपुर गाउँपालिका को १५औँ गाउँसभा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष सर्फुनेशा खातुनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३५ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो।

गाउँपालिका अध्यक्ष सुरेश मेहताले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, युवा रोजगार तथा भौतिक पूर्वाधार विकासलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो।
अध्यक्ष मेहताको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष सर्फुनेशा खातुन, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, स्थानीय राजनीतिकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी र बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन शिक्षा प्रमुख दामोदर दुबेदीले गर्नुभएको थियो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमप्रति सहभागीहरूले शुभकामना तथा सुझाव मन्तव्य व्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित