Rashtriya Dainik

राघव साह पत्रकार महासंघ पर्साको अध्यक्षमा चुनाव लडने

वीरगंज / २४ फागुन ।

प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साकाे बैठक आज सम्पन्न भएकाे छ । प्रेस संघठन पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा बसेकाे बैठकले नेपाल पत्रकार महासंघ पर्साकाे अध्यक्षमा राघव साहलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

चैतमा हुने पत्रकार महासंघकाे निर्वाचनकाे लागि अन्य पत्रकार संगठनहरुसंग सहकार्य र समन्वय गर्नकाे लागि बैठकले प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव बृजलाल पासवानकाे संयाेजकत्वमा ५ सदस्यीय संवाद तथा सहाकार्य समिति समेत गठन गरेकाे छ ।

जुन समितिकाे सदस्यहरुमा अध्यक्ष पदकाे उम्मेदवार राघव साह, प्रदेश सदस्य तुलसी भन्डारी, किरण राज पाण्डे र जिल्ला संयाेजक निरज पिठाकोटे मगर रहेको छन् ।

नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा प्रेस संगठन नेपालका प्रदेश सदस्य कृष्ण उदास खनाल, जगत राई, प्रमाेद यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

उम्मेदवार साह प्रेस संगठनका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयाेजक हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित