Rashtriya Dainik

आइफोर्ड दयानगर छपियाको आयोजनामा SEE २०८२ मा ३.६ जिपिए भन्दा माथी ल्याउने विद्यार्थीलाई सम्मान

तुलसीराम पौडेल / रुपन्देही ,८ असार

सर्वाङ्गीण ग्रामीण विकासका लागि स्वालम्बी संस्था ( आइफोर्ड ) दयानगरको आयोजनामा सियारी गाउँपालिका वडा नम्बर ४  र ५ अन्तर्गतका ( साविक दयानगर गाविस ) सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट एस ई ई परिक्षा-२०८२मा ३.६ वा सो भन्दा बढी जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुको लागि सम्मान कार्यक्रम आइतबार लिग्जा कलेजमा सम्पन्न भयो ।
आइफोर्ड दयानगरले विगत बर्षमा  जस्तै यस बर्ष पनि सम्मान कार्यक्रमलाई निरंतरता दिएको छ।

सामाजिक उत्तरदायित्व बोध हुने खालका कार्यक्रमहरुलाई आइफोर्ड दयानगरले प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले विद्यार्थीहरुले आफुमा रहेको प्रतिभालाई चिनेर अगाडि बढ्न सकेमा सफलता छिटो प्राप्त गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा ४ जिपिए प्राप्त गर्ने  संस्कार इङलिस बोर्डिङ स्कुलका छात्र रवि रत्न गौडेल र छात्रा इसा पौडेल लगायत पब्लिक नमूना मावी ,सरस्वती ज्ञान निकेतन र सन्तज्योती इङलिस बोर्डिङ स्कुलका SEE मा ३.६  जिपि वा त्यो भन्दा माथी ल्याउने सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम आइफोर्ड दयानगरका अध्यक्ष लोक शर्मा बस्यालको अध्यक्षता,सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा सियारी वार्ड नम्बर ४ का वडा अध्यक्ष श्रीराम यादव ,लिग्जा कलेजका अध्यक्ष गोपाल पाण्डे ,आइफोर्ड प्रमुख सल्लाहकार हरि बहादुर थापा ,कृषि विकास बैंक दयानगरका प्रमुख कमल ओझा ,जिल्ला समन्वय सदस्य बिष्णु माया जैसवाल ,अभिभावक वृन्दा अधिकारी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।

आइफोर्डका सचीव यमलाल आचार्यको स्वागत मन्तव्य ,कोषाध्यक्ष शंकर गौतमबाट कार्यक्रमको औचित्य माथी प्रकाश रहेको कार्यक्रमको संचालन सदस्य छविलाल न्यौपानेले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित