काठमाडौँ ,८ असार । पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका लागि पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।
उनलाई सम्पत्ति शुद्धीकरण सुर्खेतबाट पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
स्रोतका अनुसार पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । पक्राउ परेका पौडेललाई काठमाडौँ ल्याउन लागिएको स्रोतको दाबी छ ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । हवाई वा स्थलमार्गमध्ये कुन मार्गबाट काठमाडौँ ल्याउने विषयमा आवश्यक छलफल भइरहेको छ । सकेसम्म उनलाई आजै काठमाडौँ ल्याइएको स्रोतले बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

