Rashtriya Dainik

पाल्हिनन्दनमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवसकाे अवसरमा अन्तरक्रिया कार्यक्रम

रंजीत शर्मा /नवलपरासी २४ फाल्गुन ।

महिला सुरक्षा,सम्मान र रोजगार ; समृद्ध नेपालको आधार भन्ने राष्ट्रीय नाराका साथ पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिकाको सभाहालमा १११औं अन्तर्राष्ट्रीय महिला दिवस मनाएको छ।

पाल्हीनन्दन गाउपालिका अन्तरगतको सहकारी संस्थाको आयोजना तथा पाल्हीनन्दनको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम पाल्हीनन्दन गाउँपालिका न्यायिक समिती संयोजक तथा पालिका उपाध्यक्ष पावित्रि कोहारको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैंजु प्रशाद गुप्ता( दिपक) को प्रमुख अतिथिकतामा सम्पन भएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ता महिला अधिकारको सुनश्चितताको लागी पालिका सधैं महिलाको पक्षमा रहेको कुरामा जोड दिनु भएको थियो।

कार्यक्रममै बोल्दै उपाध्यक्ष कोहारले महिला अधिकारका लागि आफुहरु सधै लड़ने तथा सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न कडा कानुनको साथ संविधानमा थप अधिकार को व्यावस्थामा जोड दिँदै कार्यक्रमको समापन गरेकी थिइन।

कार्यक्रममा ३ न. वडा अध्यक्ष गोधन प्रसाद हरिजन, कार्यपालिका सदस्य अनामिका हरिजन ,इन्दा हरिजन ,पत्रकार रन्जित शर्मा , ज्ञानेश्वर साहनी, पशुपति गुप्ता लगाएतकाे उपस्थिति रहेकाे थियाे भने सहजीकरण अधिवक्ता घिमिरेले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित