Rashtriya Dainik

पाल्हिनन्दनमा सिलाई कटाई तालिम सुरु

रंजीत शर्मा/ नवलपरासी २४ फागुन ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ०३ प्रसियामा तीन महीने सिलाई कटाई तालिम सुरु भएको छ।

पाल्ही स्वालम्वन समाजिक संस्थाकाे आयाेजना तथा पाल्हिनन्दन गाउँपालिकाकाे सहयाेगमा महिलाहरुकाे लागि सीप विकास तालिम अन्तरगत ३ महिने सिलाई कटाई तालिम आज देखि शुरु भएको छ ।

पाल्ही स्वालम्बन समाजिक संस्थाका अध्यक्ष दिनेश गुप्ताकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे प्रमुख आतिथ्यतामा सिलाई कटाई तालिमकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा कार्यपालिका सदस्य अनामिका हरिजन , पत्रकार रन्जित शर्मा , ज्ञानेश्वर साहनी, सुरेश यादव पाल्हीनन्दन शिक्षा शाखा प्रमुख अशाेक ठाकुर , श्रिनिवास गाैडं , परमेश्वर चाैहान , सनाेज गुप्ता ,पशुपति गुप्ता र मदन धाेबी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित