रंजीत शर्मा/नवलपरासी २४ फाल्गुन ।
१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पश्चिम नवलपरासीमा स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
यूवा सचेतना संस्थाको आयोजनामा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष ईमामुल अलिको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालको प्रमुख अतिथिक्ता तथा रामग्राम नगरपालिकाकि नगर उपप्रमुख रम्भा कुँवर तथा पाल्हिनन्दन गाउँपालिका उपप्रमुख पावित्री कोहारको विशिष्ट अतिथिक्तामा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
महिला भई सामाजिक तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याएका रामग्राम नगरपालिका , पाल्हिनंदन गाउपालिका तथा सरावल गाउपालिकाका २० जना स्वयंसेविकाहरूलाई दोसल्लाह अोढाएर सम्मान गरिएको थियो ।

कार्यकममा २ न. वाडका वाड अध्यक्ष चन्द्रिका अग्रहरी , नेपाल जेसिजका पूर्व अध्यक्ष शिरधर बस्याल, कार्यपालिका सदस्य सुनिता श्रेष्ठ ,वडा सदस्य विद्यासागर त्रिपाठी ,समाजसेवी तबरेज अालम खान , नेपाल परिवार नियोजन संघ नवलपरासीका प्रबन्धक निर्देशक यमनाथ पोैडेल, पत्रकार रञ्जित शर्मा, ज्ञानेश्वर सहानी ,नेपाल स्वयमसेवक संघ जिल्ला अध्यक्ष विक्कि डुमरे, संस्थाका सल्लाहकार शुधिर कुमार चोैधरी लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

