Rashtriya Dainik

१११अौ अन्तरास्ट्रिय नारी दिवसको अवसरमा जनचेतना मुल्क रैली तथा सम्मान कार्यक्रम सम्पन्न

राजनकुमार बानिया / पर्सा २४ फागुन

१११अौ अन्तरास्ट्रिय नारी दिवस कोअवसरमा अाज पर्साको पोखरिया नगरपालिका मा जनचेतना मुल्क रैली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। १११ अौ अन्तर्राष्ट्रिय नारी दिवस को अवसर मा पोखरिया नगरपालिका ले आयोजना गरेको जनचेतना मुल्क रैली श्री रामदेव कलवार उच्च माध्यमिक बिधालय बाट निस्के को रैली पोखरिया बजार परिक्रमा गरि पोखरिया नगरपालिका को सभा हल मा परिणित भएको थियोे । सम्मान कार्यक्रम मा नगरपालिका अन्तरगत रहेको उत्कृष्ट महिला हरु लाई सम्मानित समेत गरेका छन।कार्यक्रमका प्रमुख अतिथि पोखरिया नगरप्रमुख दिपनारायण रौनियार को प्रमुख्य अतिथ्यमा भएको कार्यक्रम मा ,नगर उपप्रमुख सलमा खातुन,निमित प्रमुख प्रसाशकिय अधिकृत बिजय झा,वार्डअधयक्ष लक्ष्मण साह कानु , ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरिक्षक दिपक थापा,प्रहरी सहायक निरिक्षक पुजा मिश्रा, बिधालय का प्नअ ब्यास महतो, मेयर का स्वकिय सचिव राजु रौनियार, लगायत नगरपालिका को कर्मचारी, महिला स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयं सेवीका, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु ,महिला प्रहरी ,गाउँबाट आउनु भएका स्थानिय महिलाहरु लगायतका उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन नरेन्द्र साह ले गर्नु भएको थियो अतिथिहरु लेअन्तर्राष्ट्रिय नारी दिवसको अवसर मा आ-आफ्नो मन्तवय राखनु भएको थियोे । उत्कृष्ट महिला कर्मचारी हरु ,स्वास्थ्यकर्मी, स्वयं सेवीका, शिक्षिका, SEE मा उत्कृष्ट अंक प्राप्त छात्रा, कृषि महिला समुह, सामाजिक परिचालक आदि लागि दोसाला , टिका लगाई प्रमाण पत्र नगरप्रमुख र नगर उपप्रमुख ले सम्मानित गर्नु भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित