आरपि उपाध्याय /नवलपरासी ,२ असार
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा भएका विकास निर्माण कार्यको अनुगमन गरिएको छ।
प्रतापपुर गाउँपालिका अन्तर्गतका वडा न.१,२,३ र ९ वडाहरुमा भएका बाटो, भवन,ढल निकास र विभिन्न सीपमूलक तालिमहरुको अनुगमन गरिएको हो।
प्रतापपुर गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समितिकी संयोजक मान कुमारी चौधरीको नेतृत्वमा अनुगमन कार्य भएको थियो।
अनुगमनको क्रममा वडा न.१ भिठ्ठाको ट्रेड युनियन टोल अन्तर्गत पि.सी.सी. निर्माण र भूक्षय रोक्ने पर्खाल तथा बर्दघाटेमा निर्माण भएको सामुदायिक भवनको अनुगमन सहित निर्माण कार्य बारे जानकारी लिइएको थियो।

त्यसैगरी अनुगमन टोलीले प्रतापपुर ९ पजरकट्टी स्थित गण्डक नहरदेखी पुर्वतर्फको सडक पि.सी.सी. ढलान कार्यको अनुगमन गरिएको जानकारीमा आएको छ।
अनुगमनकै क्रममा प्रतापपुर १ मा रहेको ट्रेड युनियन हलमा सिलाइ कटाइ र स्विटर,टोपी बनाउने तालिममा भएको प्रगतिबारे अनुगमन भएको थियो।
सो क्रममा प्रमुख प्रशासकीय अधिकृत अनिता बि.क. थारु,योजना शाखाका राजेन्द्र प्रसाद चौधरी र स्थानीय सञ्चारकर्मी आर.पि. उपाध्याय लगायतको उपस्थिति थियो।

अनुगमन पश्चात् अनुगमन समितिकी संयोजक समेत रहनु भएकी प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले अनुगमन कार्यमा भएको प्रगती र सुधार्नुपर्ने कुराबारे संक्षिप्त प्रतिक्रिया दिदै केही राम्रा काम भएका छन भने केही ढिलासुस्ती र कमजोरी पक्ष पनि देखियो। त्यसबारे गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भइरहेको जानकारी दिदै तोकिएको मितिभित्रै तालिम र विकास निर्माण कार्यलाई गुणस्तरीय रुपम पूरा गर्ने निर्देशन दिएको प्रतिक्रिया दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

