Rashtriya Dainik

प्रतापपुरमा लघु उद्यम प्रवर्द्धन : अगरबत्ती, सुकुल र टोपी उत्पादन तालिम सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,१ असार

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका १ मा नयाँ उद्यमशीलता अन्तर्गत अगरबत्ती,सुकुल,टोपी बनाउने तालिम सोमबार सम्पन्न भएको छ।

एकता महिला लघु उद्यमशील समूह जमुनियाकी अध्यक्ष अम्बिका चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि पालिका उपाध्यक्ष चौधरीले काम गर्दा अप्ठ्यारो भएपनि उच्च मनोबल र लगनशीलता पूर्वक गरिने कामको नतिजा सुखद हुने बताउदै आफुहरुले सिकेको सीपलाई दैनिक जीवनमा लागू गर्नुपर्ने र बजारको माग अनुसार अन्य नयाँ सीपमूलक तालिमलाई पालिका संग माग गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा प्रतापपुर गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिता बि.क. थारुले स्थानीय ठाउँमा रहेका कच्चापदार्थलाई प्रयोग गरेर गरिने सीपमूलक तालिमबाट आर्थिक अवस्था बलियो बनाउन सकिने बताउनु भयो।

उनले आफुहरुद्वारा उत्पादन गरिएको सामाग्रीलाई हात,दिमाग र मुख परिचालन गरी प्राप्त अनुभवलाई लागू गर्न सकिए त्यसको सन्तोषजनक नतिजा प्राप्त सकिने कुरा जिकिर गर्नुभएको थियो।


कार्यक्रममा प्रतापपुर १ की वडा सदस्य कल्पना चौधरी,सहभागी भुवनेश्वर चौधरी,भिम कुमारी चौधरी,प्रशिक्षक बसन्ती चौधरी,शान्ति चौधरी लगायतले आफ्नो अनुभव सहितको मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालक समेत रहनु भएका लघु उद्यम विकास शाखाका सहजकर्ता उमेश यादवले जानकारी दिनुभएको छ।

तालिममा २५ जना सहभागीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित