राष्ट्रिय दैनिक / बिराटनगर ,३१ जेठ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले पार्टी हाल अत्यन्त कमजोर अवस्थामा पुगेको भन्दै एकताको विकल्प नभएको बताएका छन्। विराटनगरमा आयोजित इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले भने, “पार्टी दुई टुक्रा भएको छ, यसलाई जोगाउने एक मात्र विकल्प एकता हो। यसका लागि दुवै पक्ष मिल्नुपर्छ।”
नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै कोइरालाले बीपी कोइरालाको आदर्श स्मरण गरे। उनले भने, “बीपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी बनाउनुभएको हो। आज हामीले सोच्नुपर्ने बेला आएको छ—हामी कसका लागि राजनीति गर्दैछौँ?” सभापति गगन थापाको कार्यशैलीप्रति लक्षित गर्दै उनले थपे, “के उहाँ एक्लैले पार्टी चलाउन सक्नुहुन्छ? सबै नेताहरूलाई एकातिर पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्रै हो।”
अदालतको निर्णय र पार्टीको आन्तरिक कलहप्रति टिप्पणी गर्दै उनले भने, “सर्वोच्च अदालतको त्यो निर्णय गलत थियो, जसको सजाय आज हामीले भोगिरहेका छौँ।” ८० वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको कोइरालाले बताए। कांग्रेस दोस्रो पार्टी हुनुमा एकताको कमीलाई मुख्य कारण मान्दै उनले भने, “गाउँमा कांग्रेस नै कांग्रेस देखिन्छ, तर एकता नहुँदा भोट आएन। संविधानको रक्षाका लागि कांग्रेस एक ढिक्का हुनुपर्छ।”
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

