Rashtriya Dainik

अन्तराष्ट्रिय महिला दिवस मुक्त कमैया वस्तीमा मनाईयो

खगेन्द्र अबस्थि /कैलाली २४ फागुन

संविधान सभाका सदस्य तथा हलिया मुक्ति र कमैया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीले मुक्त कमैयाका थप समस्याहरू सम्बोधनका लागि अब सबै मुक्त कमैयाहरू एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुरजन्नामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उक्त कार्यक्रममा उहाँले ८ जना मुक्त कमैयाका वृद्ध तथा उद्यमशील महिलाहरूलाई सम्मान समेत गर्नु भएको थियो । मुक्त कमैयाका नेता कौशिल्ला चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सीमा चौधरी, नारायण चौधरी, सीता राम चौधरीले मन्तव्य राखेका थिए भने कार्यक्रममा सञ्चालन यस नेपालका नेता नन्द जोशीले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित