Rashtriya Dainik

सियारिमा १११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो।

तुलसी राम पौडेल / सियारी २४फाल्गुन

१११ औ अन्तर्राष्ट्रिय नारी दिवस ” महिला सुरक्षा ,सम्मान र रोजगार समृद्ध नेपालको आधार “भन्ने मुल नाराका साथ रुपन्देहीको सियारी गाउपालिकामा एक कार्यक्रम बीच भब्यताका साथ सम्पन्न भयो। लुम्बिनी प्रदेश सासद तुलसी प्रसाद चौधरीले राजनीति र आर्थिक क्षेत्रमा महिलालाई अगाडि नल्याएसम्म राष्ट्रको विकास नहुने बताउनु भयो। सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले गाउपालिकाले महिलालाइ आत्मनिर्भर बनाउन धेरै कार्यक्रम लागू गरेको बताउनु भयो ।
सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङको अध्यक्षता, कार्यपालिका सदस्य देवकी खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,आर्थिक शाखा प्रमुख नारायण प्रसाद पौडेल , वाड नम्बर ५ वडा अध्यक्ष थम्मन बहादुर पौडेल ,बरिस्ठ वक्ता सावित्रा अर्याल ,सालिनी मिश्रा ,शान्तिदिप वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बिष्णुमाया जैसवाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रमको संचालन समाजसेवी सरिता चौधरीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित