जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र ढुवानी गर्ने ब्यक्ति माथि कारवाही चलाउन थाले पछि पर्साबाट तस्करी धेरै हद सम्म नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार असोज ७ गते देखि जेठको २४गते सम्म४३ करोड ९८लाख ६७ हजार ४ सय ५०रुपैया बराबरको भन्सार छली तथा चोरी निकासीका समान भन्सार पठाईएको छ । प्रहरी उपरीक्षक पाठक असोज७गते देखि जेठको २४ गते सम्म प्रहरीले अवैध ओसारपसारमा संलग्न भएको ४९ वटा सवारी साधन र कारोबारमा संलग्न ४ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा कारवाहीको लागि पठाएको छ ।मानिस र कारोबारमा संलग्न साधन नै धमाधम कारवाहीको लागि पठाउन थालेपछि तस्करहरुको अहिले जिल्लाबाट भागाभाग नै भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठक आफै सादा पोशाकमा बिभिन्न स्थानमा पुग्ने गरेका छन् । यसले यस अघि जिल्लाको विभिन्न क्षेत्रहरुबाट हुदै आएको चोरी निकासी ठप्प प्राय रहेको छ ।पाठकको कडा प्रहारले तस्करहरुको मनोबल खस्किएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व गरिरहेका एसपी पाठकले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत कडा कदम चाली गाँजा ७९९ किलो ४० ग्रम, चरेश२६९ किलो४०० ग्राम,ब्राउन सुगर४१ ग्राम६८९मिलीग्रा,फेनारगन३५०एम्पुल,डाईजेपाम३५०एम्पुल,न्युनोर्फिन३५० एम्पुल,कोरेक्स १ बोतल,ट्रामाडोल
क्यापसोल१,३६,७१०पिस,नाईट्रोजेपामप २३०ट्याब्लेट सहित ५९ जनालाई पक्राउ गरेका छन्।उनीले ४३ जना कारोबारीको विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी प्रहरीले ६२लाख ६१हजार४७० रुपैयाँ सहित हुण्डी कारोवारमा संलग्न रहेका ९ वटा मुद्दा दर्ता गरि १३ जनालाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिई थप कार्यबाही गरेको छ।
ज्यान सम्बन्धी कसूरको घटना र अनुसन्धानमा यस अवधिमा ज्यान सम्बन्धी एक दुःखद घटना पनि प्रतिवेदनमा समेटिएको छ । २०८२/६/१४ गतेको दिन जिल्ला बारा परवानीपुर गाउपालिका वडा नम्बर ९ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १० बस्ने गोल्डेन भन्ने शिवम शाह कानुले गहवा माईको मेला हेर्न जान्छु भनि घर बाट निस्कि गएकोमा मेलामा गई केटाहरु संग वादविवाद तथा हातपात गरेको र विगतका दिनहरुमा उक्त समूहहरु बिच एक आपसमा झै-झगडा वाद-विवाद हुने गरेको सोही रिसईवी लिई मृतक गोल्डेन भन्ने शिवम शाहलाई एकलौ मौका छोपी विपक्षी समूहका ( दरेन्दे खुणखार समूह)केटाहरुले हात मुक्का,बाँसको भाठ्ठाले समेत प्रहार गरि कर्तव्य गरि मारेको भनी हाल सम्म खुल्न आएको घटनामा संलग्न ७ जनालाई भारतको मोतिहारी जिल्ला थाना बल्थर स्थितिमा लुकिछिपी बस्दै आएको सूचना अनुसार भारतीय प्रहरी संग समन्वय गरि पक्राउ गरि उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धि कसूरमा मुद्दा चलाई पुर्पक्षको लागि कारागार पठाइएको छ ।पर्सा प्रहरीको अन्य पहलकदमी र सामुदायिक कार्यक्रम अन्तर्गत प्रहरीले यस अवधिमा प्रहरी कार्यालयमा विद्यार्थी, प्रहरी कर्मचारी, थुनुवाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर तथा मोटिभेसनल क्लास जस्ता कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयमा जनमैत्री वातावरण कायम गर्न पहल भइरहेको छ र सामुदायिक प्रहरीको माध्यमबाट सामाजिक सद्भाव कायम गराउने प्रयास जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।लागू औषधसहित विभिन्न मदिराजन्य नियन्त्रण विरुद्धको अभियानमा पनि प्रहरीले थप सक्रियता देखाएको छ ।एसपी पाठकले ९महिनाको अवधिमा पर्साको ग्रामीण भेगमा ७ बिघा र १५ कठ्ठा जग्गामा लगाएको लागूऔषध गाँजा फडानी गरि ४ लाख३२ हजार ६ सय बोट नष्ट गरेको छ।पर्सा प्रहरीले फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति गरेको छ । प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै कुल ७५५ जना प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरुबाट १५२ वर्ष ८ महिना २१दिनको कैद सजाय असुल गरिएको छ । साथै, जरिवाना बापत ७ करोड ६६लाख ९६ हजार ७६० रुपैयाँ असुली गर्ने सफल भएका छन।
यसैगरी वन जंगल फडानी गरी काठ तस्किरीमा संलग्नलाई वन डिभिजन कार्यालयको समन्वयमा पक्राउ गरिएको छ । उनीहरुको साथबाट बरामद भएको ४३२क्युफिट काठसहित नियन्त्रणमा लिइएका चालक, ट्रयाक्टर, साइकलसमेत वन डिभिजन कार्यालयमा बुझाइएको छ ।
उक्त प्रहरीले मानव बेचबिखनमा ३ वटा मुद्दा दर्ता गरि ५जनालाई कानुनी कार्यबाही गरि पुर्पक्षका लागि अदालतबाट कारागार कार्यालय वीरगन्जमा पठाएको छ।यसैगरी ३९जना महिला तथा बालबालिकालाई उद्धार गरि सकुशल ल्याएको पर्सा प्रहरीले सार्वजनिक गरेको छ।
एसपी पाठक पर्साको कार्यभार सम्हालेको दिन देखि केही छुटफुट सामान्य घटना बाहेक शान्ति सुरक्षा कायम रहेकोले पर्साबासीमा निकै चर्चित एसपीको रुपमा रहेक छन्।पर्साका प्रहरी प्रमुख पाठकले पर्सामा कार्यभार सम्हालेको दिनदेखि अपराध अनुसन्धान शाखाको सँयुक्त टोली सक्रियतामा तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरेका छन् ।त्यसैगरि एसपी पाठकले हरेक महिनामा प्रहरी अधकृितसँग मासिक बैठक गरी पर्सा जिल्लाको विभिन्न नाकामा रहेका प्रहरी चौकी र ईलाका प्रहरी प्रमुखहरुलाई तसकरी नियन्त्रणमा कडाई गर्न निर्देशन दिदै चोरी डकैती शान्ति सुरक्षाको राम्रो काम गर्न लागु औषध ओसार पसार कार्य नियन्त्रण गर्न कडा निर्देशन दिएका छन।जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक पाठकले प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई छानबिन समिति गठन गरि कारवाही गरिने ठाडो निर्देशन समेत दिएको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

