Rashtriya Dainik

नवलपरासीमा अन्तर्राष्ट्रिय नारी दिवस भब्यताका साथ मनाइयो

नन्दु यादव फागुन २४नवलपरासी

अन्तर्राष्ट्रिय नारी दिवस, मार्च ८ अर्थात १११ ओै अन्तर्राष्ट्रिय नारी दिवस आज परासी मा भब्यताका साथ मनाइएको छ।महिला सुरक्षा ,सम्मान र राेजगार समृद्ध नेपालकाे अाधार भन्ने मुलनाराका सााथ अाज जनता समाजबादी महिला सघ नवलपरासी ले परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

जनता समाजबादी महिला सघ नवलपरासी कि ईन्चार्ज अनारी कुर्मीकाे अध्यक्षता तथा जनता समाजबादी महिला सघ कि केन्द्रीय उपाध्यक्ष सुनिता काफ्लेकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा मन्जु चाैधरी ,शाेभा चाैधरी ,माया अग्रहरी ,नगेन्द्र अग्रहरी ,जसपा नवलपरासी का जिल्ला अध्यक्ष धरेन्द्र यादव,प्रदेश सदस्य मन्नुपाल ,बरिस्ट नेता बिजय अग्रहरी ,जसपाका केन्द्रीय सदस्य सत्राजित यादव लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि काफ्लेले २१अाै शताब्दी मा महिला माथि ,बलात्कार ,एसिड प्रहार लगायत का घटना दिनानुदिन बढ्दै जानुले यसकाे बिरुद्ध मा अाफु सधै लडिरहने बताउनु भयाे।महिला र पुरुष समान हुन भने प्रमाणित गर्न अब सबै महिला एकजुट भई हकअधिकार काे लडाई गर्नुपर्ने अावश्यकता रहेकाे जिकिर गर्नु भयाे ।कागजमा मात्र हकअधिकार सिमित रहेकाेले अब ब्यवहार मा पनि लागू गर्नुपर्ने कुरामा जनता समाबादि महिला सघले जाेडदार रुपले लाग्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित