पर्सा /२४ फागुन
पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजना र आसा नेपाल , काठमाडौंको सहकार्यमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-४, सुपौली गाउँमा महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार नाराको साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दलितको परिवर्तनको लागि महिला
महिला जागरुकता र सशक्तीकरण तथा दलित महिलाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ।
दलितको सामाजिक न्याय , सामाजिक स्वतन्त्रता , दलितको ईज्जतको लागि दलित महिलाले अगुवाइ गर्नु पर्छ। प्रत्येक वडामा दलित महिला निर्वाचित भएको छ्न। तर उहाँहरु दलित समुदायको लागि सक्रिय हुनु भएको छैन।
नेपाली समाजमा जातीय र लैङ्गिक विभेदले पारेको प्रभावबाट पीडित दलित समुदाय दिनहुँजसो हिंसा भोग्न बाध्य छन् । मधेसी समाजभित्र रहेका मधेसी दलितको अवस्था दुःखदायी छ । मधेसी दलित महिलाको अवस्था त झनै कहालीलाग्दो छ ।क्षेत्रीय तथा भाषिक उत्पीडनमा पारिएका मधेसी दलित महिलाहरू सामाजिक, आर्थिक र साँस्कृतिक विभेद भोगिरहेका छन् । त्यसैगरी लैङ्गिक, यौन हिंसा, जातीय लगायतका विभेद र असमानताबाट निरन्तर प्रताडित हुँदै आइरहेका छन् । एक दलित महिला अगुवा भन्नू हुन्छ कि दलितको न्यायको लागि हामी संघर्ष गर्छौं ।
यस अन्तरक्रिया कार्यक्रमको अध्यक्षता उर्मिला पासवान , प्रमुख अतिथि जिराभवानी गाउँपालिकाको प्रमुख रामपृत महतो थारु ,विशिष्ट अतिथि आसा नेपालको कार्यकारी निर्देशक बिमला थापा , अतिथि आईसा मैनाली , शुमधुर मैनाली , वडा जन प्रतिनिधि चन्द्रेशवर राम, दलित अधिकार दबाब समुहको अध्यक्ष किशनाथ राम , पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य चन्द्रकिशोर राम , सदस्य सुरेन्द्र पासवान , सदस्य पारमानन्द राम, सल्लाहकार अशोक राम तथा दलित महिलाहरु र पुरुषको सक्रिय सहभागिता रहेकोे थियो।
यस कार्यक्रमको संचालन पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

