तुलसी राम पौडेल / फर्साटिकर,२४ फाल्गुन
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ इकाई कार्यसमितिको १२ औ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भयो ।नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ केन्द्रिय कार्यसमितिका अध्यक्ष जेबि गुरुङले साधारण सभा तथा अधिवेशनको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले मजदुरको हक हित एव अधिकारको लागि सचेत भएर अगाडि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो।
सम्पन्न चौथो अधिवेशनले आगामी चार वर्षको लागि सर्वसम्मत रूपमा पुन रमेश चन्द्र मुराउको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ।जसको उपाध्यक्षमा रामप्रसाद अर्याल ,महिला उपाध्यक्षमा सबिता थारू , सचिव यज्ञराज पाण्डे ,कोषाध्यक्ष दयाराम थारू ,महिला सदस्य बिचनी थारू ,सदस्यहरु ज्ञान बहादुर छन्त्याल ,शेर बहादुर थापा ,कुलानन्द थारु ,राजेन्द्र विक ,फुलचन्द्र गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा काउनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ओम प्रकाश चौधरी ,जिल्ला अध्यक्ष वीर बहादुर लामा, शुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेल ,सैनामैना नगरसमितिका अध्यक्ष पिताम्बर न्यौपाने लगायतले श्रमिक मजदुरको जीवन विमा एवं सामाजिक सुरक्षा कोषमा दर्ता हुनुपर्नेमा विशेष जोड दिएका थिए ।
सस्थाका अध्यक्ष रमेशचन्द मुराउको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद अर्यालको स्वागत मन्तव्य ,अध्यक्षबाट प्रतिवेदन प्रस्तुत ,निवर्तमान सचीव राजु गौडेलबाट सचीवको प्रतिवेदन प्रस्तुत ,लेखासमिती संयोजक हुमबहादुर केसिबाट आर्थिक प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रमको संचालन राजु गौडेलले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

