Rashtriya Dainik

छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा संजिव साह हाजिर

राजन कुमार बानिया /पर्सा, ८ जेठ

पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका मा सरुवा भई आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत संजिव साहले आजदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ। गाउँपालिकामा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममार्फत जनप्रतिनिधि तथा कर्मचारीहरूले उहाँलाई भव्य स्वागत गरेका हुन्।

गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपेन्द्र सिंह, रामेश्वर महतो लगायत कार्यपालिका सदस्य, गाउँसभा सदस्य, स्वास्थ्य शाखा प्रमुख शनि कुमार साह, शिक्षा शाखा प्रमुख मुकेश चौरसिया, विद्यालयका प्रधानाध्यापक सुरेश साह कानु, शत्रुधन प्रसाद लगायतले फूलमाला तथा दोसल्ला ओढाएर प्रमुख प्रशासकीय अधिकृत साहलाई स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो पहिलो प्राथमिकता जनताको कामलाई प्रभावकारी, छिटो र सहज रूपमा सम्पन्न गर्नु रहेको बताउनुभयो। उहाँले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन मातहतका कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“जनताको काममा कुनै ढिलासुस्ती वा कोताही हुन दिइने छैन, छिटो र छरितो सेवा प्रवाहमा विशेष ध्यान दिइनेछ,” उहाँले भन्नुभयो।
उहाँले विकास निर्माणका कामलाई पनि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा सहकार्यका साथ अगाडि बढाइने उल्लेख गर्नुभयो। नयाँ प्रमुख प्रशासकीय अधिकृत साह हरिपुर्वा नगरपालिका बाट सरुवा भई छिपहरमाई गाउँपालिकामा आउनुभएको हो।

स्वागत तथा परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित