राष्ट्रिय दैनिक / नवलपरासी ,८ जेठ
पश्चिम नवलपरासीको बर्दघाट–१ निवासी पूजा राना मगर हाल जीवनको कठिन परिस्थितिबाट गुज्रिरहेकि छ्न । कम उमेरमै उनलाई ठूलो आन्द्रामा हुने गम्भीर रोग कोलोन क्यान्सर लागेको छ।
हाल उनि बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल मा उपचाररत रहेकी छ्न । लामो समयदेखि उपचार चलिरहँदा उनको परिवार आर्थिक रूपमा कमजोर बन्दै गएको बताइएको छ ।
कठिन परिस्थितिमा स्थानीय युवाहरू तथा शुभेच्छुकहरूले पूजा राना मगरको उपचारका लागि सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । आर्थिक सहयोगसँगै सामाजिक सञ्जालमार्फत जानकारी शेयर गरेर पनि सहयोग अभियानलाई थप प्रभावकारी बनाउन सकिने उनीहरूको भनाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

