Rashtriya Dainik

प्रथम सरावल अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगिताकाे उपाधी पुसाैलीलाई

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ पुसाैलिमा सन्चालित प्रथम सरावल अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगिताकाे उपाधी पुसाैलीले कब्जा गरेको छ।

सरावल खेलकुद संस्थाकाे अायाेजना तथा प्रतिष्ठान विकास युवा खेलकुद संस्थाकाे सहअायाेजनामा शनिबार भएको फाइनल खेलमा टिसिए ठुठिबारीलाई ११४ रनको विरुद्ध १४९ रनले प्रतिष्ठान विकास युवा खेलकुद संस्था पुसाैलि बिजयी भएको हाे।


प्रतिष्ठान विकास युवा खेलकुद संस्थाका अध्यक्ष काेहेनुर अलि अन्सारीकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको हाे।

प्रतियोगितालाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक छ । यसले संगठित गर्नुकाे साथै अात्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलाे मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासकाे तुलनामा एउटा बिकास हाे। सबै जाती समुदाय धर्म समेटि हामी हिन्ने प्रयासमा छाैँ तसर्थ हरेक जाति समुदायको सँस्कृति संरक्षणकाे लागि बजेट बिनियाेजन गरि कला सँस्कृति जगेर्ना गर्नतिर लागिपरेको र खेलकुद तथा खेलाडी बिकासमा सरावल गाउँपालिकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

प्रथम अध्यक्ष कप खुल्ला क्रिकेट प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष उत्तमा राय,वडा नं. ६ काे वडा अध्यक्ष कैलास यादव, समाजसेवी अनिल गाैड ,सरावल खेलकुद संस्था अध्यक्ष महेन्द्र चाैधरी, समाजसेवी शशी कुमार खत्री ,समाजसेवी राममिलन यादव,पत्रकार उमेश बि.क लगाएतले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादन गर्न खेलकुद प्रतियोगिता अपरिहार्य भएको बताउदै सरावल गाउँपालीका क्षेत्रमा विगतमा जस्तै खेलकुद प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरताकाे शुभकामना ब्यक्त गरेका थिए ।

प्रतियाेगितामा प्रथम हुने पुसाैलिलाई नगद ३० हजार मेडल कप प्रमाणपत्र, दोस्रोहुने ठुठिबारीलाई नगद २० हजार मेडल कप प्रमाणपत्र,म्यान अफ द मैच माेनु ,मैन अफ द सिरिज नियाज अहमद ,बेस्ट बलर शशिकान्त र बेस्ट ब्याटस मैन सेराज खानलाई मेडल कप प्रमाणपत्र प्रदान गरिएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित